No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल टी ट्वान्टी लिगको घोषणा

0

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ । युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले प्रतियोगिताको औपचारिक घोषणा क्यानद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा गरे । प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । क्यानले यसअघि नै विज्ञप्तिमार्फत प्रतियोगिताको घोषणा गरेपनि मिति भने सार्वजनिक गर्न सकेको थिएन ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको आधिकारिक टी ट्वान्टी लिगको औपचारिक घोषणा गर्न पाउँदा खुसी लागेको भन्दै प्रतियोगिताले पर्यटकीय र व्यावसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गरे ।

प्रकाशित: ४ जेष्ठ २०७९, बुधबार १२:३४

Leave a Reply