No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माछाखोलामा निर्मित बेलिब्रिजको प्रधानसेनापतिबाट उद्घाटन

0

काठमाडौं । गोरखाको बेनिघाट आरुघाट लार्के सडक खण्डमा पर्ने माछाखोला माथि बेलिब्रिज निर्माण गरिएको छ । सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले करिव दुई करोड रुपैयाँको लागतमा बेलिब्रिज निर्माण गरेको हो ।

१ सय २० फिट लम्बाई र १२ फिट चौडाईको उक्त बेलिबिज्रको बिहीबार प्रधानसेनापती प्रभुराम शर्माले उद्घाटन गरेका छन् । बेलिबिज्र निर्माण भएसँगै बर्षाको समयमा पनि सवारी आवागमनमा सहज हुने सेनाले बताएको छ ।

 

प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार ११:१०

Leave a Reply