No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पाल्हीनन्दनमा माओवादी केन्द्र विजयी

0

परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बैजुप्रसाद गुप्ता दोस्रो पटक निर्वाचित भएका छन् । नेपाली कांग्रेसका राजेन्द्र साहनीलाई हराउँदै गुप्ता गाउँपालिका अध्यक्ष पदमा विजयी भएका हुन् । उनले साहनीलाई ८६ मतान्तरले पराजित गरेका हुन् ।

\गुप्ताले चार हजार ३८१ तथा साहनीले चार हजार २९५ मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी फातुमा खातुन अन्सारी विजयी भइन् । माओवदी केन्द्रकी पावित्री कोंहारलाई ५१३ मतान्तरले हराउँदै उनी निर्वाचित भएकी हुन् ।

अन्सारीले तीन हजार ६९८ तथा कोंहारले तीन हजार १८५ मत प्राप्त गरिन् । कूल ६ वडा रहेको यस गाउँपालिकामा तीनमा माओवादी केन्द्र, दुईमा कांग्रेस र एउटामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) विजयी भएको छ । कांग्रेस वडा नं १ र ४, माओवादी केन्द्र वडा नं र ३, ५ र ६ तथा लोसपा वडा नं २ मा विजयी भएको छ ।
चौबिस हजार १४८ मतदाता रहेको यस गाउँपालिकामा १९ हजार ४४१ मत खसेको थियो ।

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार ०२:४८

Leave a Reply