No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण अपरिहार्यः राष्ट्रपति सी

0

चीनका राष्ट्रपति सी चिनफिङले सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसनिम्ति ब्रिक्स राष्ट्रहरूलाई आह्वान गरेका छन् ।

ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका विदेश मन्त्रीहरूको बैठकको उद्घाटन सत्रमा भिडियो सम्बोधन गर्दै सीले उक्त टिप्पणी गरेका हुन् । विश्व इतिहासमा एक शताब्दीयता नदेखिएको महामारी तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पन्न अस्थिरता, अनिश्चितता र असुरक्षाका कारकहरू बढ्दै गएकाले ब्रिक्स राष्ट्रहरूलाई एकजुट हुन गरेका छन् ।

“शान्ति र विकास वर्तमानको अपरिवर्तित विषय हो,अन्तर्राष्ट्रिय समुदायको साथ, सहयोग र ऐक्यबद्धता अत्यावश्यक छ” उनले भने ।
अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक, प्रेरणादायी र रचनात्मक शक्तिको रूपमा ब्रिक्सका सदस्य देशले दृढतापूर्वक काम गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धमा स्थायित्व, शान्ति र विकासको प्रवद्र्धन, निष्पक्षता, न्याय, लोकतन्त्र एवम् स्वतन्त्रताको समर्थन आवश्यक भएको राष्ट्रपति सीले बताए ।

अरूको खर्चमा आफ्नो सुरक्षा खोज्दा नयाँ तनाव र जोखिम मात्रै सिर्जना हुने भन्दै राष्ट्रपति सीले विश्वमा साझा सुरक्षा प्रवद्र्धन गर्न विश्वव्यापी सुरक्षा प्रयास उपयोगी हुने उनले बताए ।

ब्रिक्स देशहरूले राजनीतिक रूपमा पारस्परिक विश्वास र सुरक्षा सहयोगलाई सुदृढ गर्न, प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा निकट सम्पर्क कायम गरेर एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र विकासका लागि सुरक्षाको विश्वव्यापी समुदाय निर्माण गर्नुपर्ने बताए । उनले शीतयुद्धको मानसिकता र टकरावबाट मुक्त हुनुपर्नेमा पनि जोड दिए।

“अहिलेको जोखिम र चुनौतीपूर्ण परिस्थितिमा विकासोन्मुख देशहरूले समृिद्धिका लागि पारस्परिक एकता र सहयोगलाई अझ बलियो बनाउनुपर्छ, आपसी समझदारी एवं विश्वास बढाउन, सहयोगका क्षेत्रलाई बढाउन तथा आपसी हित प्रवद्र्धन अभिवृद्धि गर्नुपर्छ,”उनले भने ।

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार ०८:०९

Leave a Reply