No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वीरगञ्जमा ४६ हजार गणना हुँदा राजेशमानको ११ हजार मतले अगाडि

0

वीरगंज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी १२ हजार २८९ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।

यसैगरी उपमेयरमा पनि गठबन्धनका उम्मेदवार इम्तियाज आलमले कूल १६ हजार ८६१ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पुरुषोत्तमलाल झा तीन हजार ५७६ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।

हालसम्म यस महानगरपालिकामा कूल ४६ हजार ३५२ मत गणना भएको हो । महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाहरुको मत परिमाण आउन बाँकी छ ।

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार १३:२२

Leave a Reply