No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अन्य उम्मेदवारलाई पछाडि पार्दै बालेन १५ हजार मतले अगाडि

0

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाएका छन् । शनिबार बिहान ९० हजार २ सय ९२ मत गणना गर्दा बालेनले ३३ हजार २ सय ६० मत ल्याएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमालेका केशव स्थापितसँगको मतान्तर घटाउँदै लगेकी छिन्। केशव स्थापितले १७ हजार ६ सय ९२ र सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत पाएका छन् ।

उमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो अग्रता बनाएकी छिन् । सुनिताले २६ हजार ५ सय ७५ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् । महानगरका १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ।

प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार ०५:०९

Leave a Reply