No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनद्वारा हार स्वीकार

0

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जरभेटिभ दलको सरकारका लागि ‘कठिन रात’ भन्दै शनिबार भएको राष्ट्रिय निर्वाचनमा भएको पराजयलाई स्वीकार गरेका छन् ।

मोरिसनले भने, “आज राति मैले प्रतिपक्षी नेता तथा भावी प्रधानमन्त्री एन्थोनी अल्बेनिजसँग कुरा गरेको छु र उहाँको चुनावी विजयको लागि मैले उहाँलाई बधाई दिएको छु ।” ५४ वर्षीय प्रधानमन्त्रीले नेताले निर्वाचनमा प्रमुख दललाई मतदाताको समर्थन नदेखिएको उल्लेख गरेका छन् ।

उलने भने, “मेरो विचारमा हाम्रो राष्ट्रमा भइरहेको उथलपुथलबारे मलाई चिन्ता लागेको छ । हाम्रो राष्ट्रहितका लागि यो समस्या अन्त्य हुनु र राष्ट्रिय राजनीतिक गतिविधि अगाडि बढ्नु महत्वपूर्ण छ ।”

उनले भने, “हाम्रो गठबन्धनको बलियो नेतृत्वमा मलाई कुनै शङ्का छैन, अबको तीन वर्षपछि म गठबन्धन को सरकार फर्काउने प्रतीक्षामा छु ।”

प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार १७:४२

Leave a Reply