No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

0

चितवन । पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो ।

उनलाई आइतबार दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो । बाघको आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर उनको खोजी गरिएको थियो । हात्तीसहितको टोलीद्वारा बोटेको खोजीपछि साँझ वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार १७:१७

Leave a Reply