No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

व्यासको मेयरमा कांग्रेसका न्यौपाने निर्वाचित

0

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका वैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरे ।
उपमेयरमा काङ्ग्रेसकी इन्दिरा दरै १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का वसुन्धरा घर्तीले दश हजार ४२ मत प्राप्त गरिन् ।

कूल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ । एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ । एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ ।

व्यास–१ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, २ को अध्यक्षमा काशीराम श्रेष्ठ, ३ को अध्यक्षमा अनुप राना, ४ को अध्यक्षमा मनबहादुर गुरुङ, ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, ६ को अध्यक्षमा जीवन गुरुङ, ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने, ८ को अध्यक्षमा युवराज गुरुङ, ९ को अध्यक्षमा सुरेश थापा, १० को अध्यक्षमा खेमराज पोख्रेल, ११ को अध्यक्षमा दलबहादुर दुरा, १२ को अध्यक्षमा बमबहादुर आले, १३ को अध्यक्षमा वसन्तबहादुर आले र १४ को अध्यक्षमा काजीमान श्रेष्ठ विजयी भएका छन् ।

प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार ०२:५६

Leave a Reply