No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सर्लाहीको बरहथवाको मेयर र उपमेयरमा एमाले विजयी

0

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा नेकपा एमालेकी कल्पना कुमारी कटुवाल निर्वाचित भएकी छन् । कटुवाल बरहथवाका निवर्तमान नगरप्रमुख देवानन्द महतोलाई दोब्बर बढी मतले पराजित गर्दै मेयरमा निर्वाचित भएकी हुन् । उनले १२ हजार २७३ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महतोले ६ हजार ६६६ मत पाएका छन् ।

कटुवाल २०७४ सालको निर्वाचनमा भने माओवादीका महतोसँग नै पराजित भएकी थिइन् । यस्तै, उपमेयरमा पनि नेकपा एमाले नै विजयी भएको छ । एमालेका रामबाबु प्रसाद साह ९ हजार ९०१ मत ल्याएर उपमेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहालले ७ हजार ११९ मत ल्याएकी छन् ।

प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार ०३:३७

Leave a Reply