No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राप्रपा कार्य सम्पादन समितिको बैठक जेठ १३ गते बस्ने

0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को यही जेठ १३ गते कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्ने भएको छ ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने उक्त बैठकमा प्रदेश प्रमुखले आफ्नो क्षेत्रका उम्मेदवारलाई सफल बनाउन गरेका प्रयासबारे जानकारी गराउने महामन्त्री भुवन पाठकले जानकारी दिए ।

महामन्त्री पाठकको संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन समितिको आज बसेको बैठकले मतदाता र उम्मेदवारलाई धन्यवाद तथा स्थानीय तहको निर्वाचनमा विजेतालाई बधाई ज्ञापन गरेको छ । बैठकले निर्वाचनमा जनताको सहभागिता उत्साहजकनक भएको र पार्टीले प्राप्त गरेको सफलता सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।

राप्रपाबाट तीन नगरपालिका प्रमुख, नगरपालिका र गाउँपालिकामा चार उपप्रमुख, ६४ वडाध्यक्ष र ३०० भन्दा बढी सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा पार्टीले झण्डै १० प्रतिशत महिला उम्मेदवार उठाएको थियो ।

प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार १४:४२

Leave a Reply