No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हिजोको एमालेलाई सदाबहार बनाउन हामीले आफूलाई परिवर्तन गर्नुपर्छ

0

करिश्मा मानन्धर(सूर्य कुमारी)। 
लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ । जनतको मत त्यतातर्फ आकर्षित हुन्छ जहाँ जनताले आफ्नो भविष्य सुनिश्चित देख्छन् । काठमाडौ माहानगरवासी जनताको रोजाइ, हुनै लागेका नयाँ मेयर बालेन साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ ।
हुनै लागेकी उप–मेयर नेकपा एमालेकी नेत्री सुनिता डङ्गोललाइ बधाई तथा सफल कार्यकालको शुभकामना । मेरो विचारमा सबै लोकतान्त्रिक बिचार राख्नेले नयाँ पुस्ताले गरेको यो उर्जाशील प्रयासलाई असाध्यै सकारात्मक तवरले लिनुपर्छ । युवाहरूले राष्ट्रिय राजनीतिमा चासो लिन थाल्नु सकारात्मक परिवर्तनको सुरुवात हो । सबै दलहरूको चुनावी प्रयास भनेको आफ्ना नीति योजनाहरु जनतासामु पुर्याउनु र आफ्नो पार्टीलाई अत्याधिक मतले विजयी बनाउनु नै हुन्छ ।

जनमतको क्रममा ठूला दल अत्यन्तै स्यानो भएर खुम्चिनु ! अनि सानो दल ठूलो जनमतले अचानक आगाडि आउने घटनालाई जनताले लोकप्रिय र विकास् उन्मुख पार्टी रोजेछ भन्न सकिन्छ । तर यो स्थानीय चुनावमा त्यसो भएको होइन । यो चुनावको परिणाम मिश्रित छ।
पुरानो पार्टी नेपाली काङ्ग्रेस गठबन्धन गरेर आंशिक रूपमा पहिलो, नेकपा एमाले एक्लै भएपनि दोस्रो र गठबन्धनका अन्य दल नेकपा माओवादी तेस्रो , नेकपा एकीकृत साजवादी र अन्य दल … जनताको चाहना नयाँ उम्मेदवारहरु तर्फ झुकेको छ । धरानमा हर्क साम्पाङले जित्नु , विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले जित्नुलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

हरेक पार्टीले यो सत्यलाई मनन् गर्नुपर्छ । म आफू पनि नेकपा एमालेको पक्षधर भएकोले केही मनमा लागेको कुरा राख्दै छु, यो एउटा नागरिकको हिसाबले सुझाव पनि राख्दै छु । किनभने नागरिकले निष्पक्ष विश्लेषण गर्दछ। नयाँ सदस्य भएको कारण आन्तरिक कुरा कम थाहा हुनसक्छ !! तर पार्टीको गरिमा बढेको हेर्न चाहने भएकोले र यो मुलुकको विकास गर्न एमाले पार्टी सक्षम भएको आफ्नो विश्वासले अनि आफ्नो कार्यकालमा एमालेको सरकारले गरेको कामबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको कारण यो कुरा राख्दै छु । पार्टीले गहन प्रकारले विगतमा भएका त्रुटी र अप्ठ्यारोमा गरिएको निर्णयबाट पार्टीलाई परेको असरको बारेमा निर्मम र निस्वार्थ समीक्षा गर्नुपर्छ होला र त्यसलाई सच्याएर अगाडि जानुपर्छ । किनभने विगतमा भएका घटनाक्रमले गर्दा लोकप्रियता र परिस्थिति निकै राम्रो हुदाहुदै पनि धेरै ठाउँमा आफ्नैहरुबाट अन्तरघातका कारण यथोचित सफलता हासिल गर्न सकिएन । धेरै नयाँ पुस्ताका अनुहारलाई अगाडि सार्नु पार्टीको सबल पक्ष रह्यो । मुख्य नेतृत्वले तलसम्मको स– साना कामकारबाहीमा थोरै भए पनि जानकारी लिनुपर्छ होला ! कतै कतै उमेदवारहरुको छनोट पो गलत भयो कि !!

समय परिवर्तनशिल छ , हिजो जे थियो आज छैन ,आज जे छ भोलि हुँदैन । त्यसैले हिजोको एमालेलाई , आज र भोलि उस्तै सदाबाहार बनाउन हामिले आफुलाइ परिवर्तन गर्नुपर्छ । आउदो मुख्य चुनावमा नेकपा एमालेलाई पहिलो नम्बरमा पुर्याउनु पर्छ । चुनावमा एमालेका नेताकार्यकर्ताले जुन उर्जाका साथ दिनरात नभनेर मेहनत गरेको देखे त्यसबाट धेरै कुरा सिक्ने मौका पाए । विजय हासिल गर्नुहुने सम्पूर्ण कमरेडहरुमा बधाई तथा सफल कार्यकालको शुभकामना । अन्त्यमा
हामी जे गर्छौ राष्ट्रिय हितको लागि गर्छौ ।

प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार १७:३६

Leave a Reply