No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थप तीन देशमा पहिलो पटक मङ्कीपक्सका नयाँ बिरामी फेला

0

संयुक्त अरब एमिरेट्स् (यूएई) मङ्कीपक्स रोगको नयाँ बिरामी फेला पर्ने पहिलो खाडी राष्ट्र बनेको छ । चेक रिपब्लिक र स्लोभिनिआमा पनि मङ्गलबार पहिलो पल्ट मङ्कीपक्सका बिरामी भेटिएको पुष्टि भएको थियो।

अफ्रिकाबाहिर अन्य १८ वटा देशमा उक्त रोगको भाइरस पुगेको पुष्टि भइसकेको छ । त्यस्तो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। यद्यपि विज्ञहरू हालसम्म सर्वसाधारणमा यो रोग फैलिने समग्र जोखिम न्यून नै रहेको मान्छन् । युरोप, अस्ट्रेलिया र अमेरिकामा उक्त भाइरसका सङ्क्रमितहरूको सङ्ख्या बढ्ने क्रममा छ ।

मङ्कीपक्सको लक्षणमा सामान्यतया बिरामीलाई ज्वरो आउने र शरीरमा फोका देखिने गरेको छ। तर सङ्क्रमण हुँदा गम्भीर लक्षण देखिएको छैन । यूएईमा त्यहाँका स्वास्थ्य अधिकारीहरूले हालै पश्चिम अफ्रिकाको भ्रमणबाट फर्केका यात्रुमा मङ्कीपक्स भेटिएको र उनको उपचार भइरहेको बताएका छन् ।

उनीहरूले कुनै पनि प्रकारको महामारीका लागि आफूहरू पूर्ण रूपमा तयाी अवस्थामा रहेको पनि बताएका छन्। उनीहरूका अनुसार उक्त भाइरसको सङ्क्रमण तुरुन्तै पत्ता लगाउन सघाउने निगरानी प्रणाली पनि सक्रिय बनाइएको छ ।

अफ्रिकाबाहिर सङ्क्रमण पुष्टि भएका र आशङ्का गरिएका समेत गरी मङ्कीपक्सका कारण २३८ जना बिरामी परेको बताइएको छ। संसारभरिका स्वास्थ्य अधिकारीहरूले उक्त भाइरस नियन्त्रण गर्ने योजनाहरू घोषणा गरेका छन्।

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार ०२:४०

Leave a Reply