No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अफगानिस्तानमा बम विष्फोटमा परी कम्तिमा १६ जनाको मृत्यु

0

अफगानिस्तानमा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा १६ पुगेको छ । यसमध्ये केही आक्रमणहरू इस्लामिक समूहले जिम्मा लिएका छन् ।

तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विस्फोटको संख्या घटेको थियो । तर गत महिना रमजानको समयमा भएका घातक हमलाहरूले देशलाई नै हल्लाएको छ ।उत्तरी सहर मजार–ए–शरिफमा छुट्टाछुट्टै मिनीबसहरु राखेको तीनवटा बम विस्फोटमा परी १० व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

यस सहरका विभिन्न जिल्लाहरु तीनवटा मिनिबसमा बम रहेका बाल्खा प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले बताए । बाल्ख स्वास्थ्य विभागका प्रमुख नजिबुल्लाह तवानाले विस्फोटमा मारिएका १० जनामा तीन जना महिला रहेका जानकारी दिए । यस विस्फेटमा परी अन्य १५ जना घाइते भएका जनाइएको छ ।

विस्फोटको केही घण्टापछि इस्लामिक स्टेट्स समूह (आईएस) ले सामाजिक सञ्जालमा मिनीबस हमलाको जिम्मेवारी लिएको छ ।साथै राजधानी काबुलको एक मस्जिदभित्र बुधबार अबेर राति अर्को बम विस्फोट भएको छ । बिहीबार बिहानै काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले उक्त विस्फोटमा ६ जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएका ट्वीट गरेका छन् ।

बुधवारको बम विष्फोटले कुन विशेष समुदायलाई लक्षित गरेको हो कि भनेर अझै स्पष्ट हुन सकेको छैन । अफगानिस्तानमा अप्रिल ३० मा समाप्त भएको रमजानको पवित्र महिनामा मुख्यतया साम्प्रदायिक आक्रमणहरूमा काबुल र अन्य सहरहरूमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको थियो । जसको केही आइएस समूहले दाबी गरेको थियो ।

अप्रिल २९ मा काबुलको सुन्नी मस्जिदमा धार्मिक अनुष्ठान गरिरहेका अल्पसंख्यक सुफी समुदायका सदस्यहरूलाई लक्षितगरी भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो । गत अप्रिल २१ मा मजार–ए–शरिफस्थित एउटा शिया मस्जिदमा भएको बमले कम्तीमा १२ जना उपासकहरूको ज्यान गएको थियो अन्य धेरै घाइते भएका जनाएका छन् ।

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार ०७:३३

Leave a Reply