No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजकुमार चाल्र्सद्वारा युक्रेनी शरणार्थी शिविरको भ्रमण

0

बेलायतका राजकुमार चाल्र्सले बुखारेस्टस्थित युक्रेनी शरणार्थी शिविरको भ्रमण गरेर रोमानिया सरकार र स्वयंसेवकहरूले त्यहाँ गरिरहेको सहायता प्रयासबारे जानकारी लिएका छन् ।

एकजना दोभाषेमार्फत युक्रेनीहरूको समूहसँग कुरा गर्दै उनले आफ्नो भाषा सीपको अक्षमताका निम्ति क्षमा याचना गर्दै कठिन परिस्थितिमा उनीहरूले देखाएको असाधारण साहस, धैर्य र सहनशीलताको प्रशंसा गरे । युक्रेनी बालबालिकाले उनलाई परम्परागत युक्रेनी ढाँचामा चित्रित काठको चम्चा उपहारस्वरुप प्रदान गरेका थिए ।

रुस–युक्रेन युद्ध शुरु भएयता १० लाख युक्रेनी शरणार्थीका रुपमा रोमानिया पुगेका छन् । शरणार्थीहरूमा प्रायः महिला र बालबालिका छन् । राजकुमार चाल्र्सका साथ रेडक्रसका अधिकारी, मुक्ति सेना र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधि बुखारेस्ट नगरका प्रमुखलगायत उपस्थित थिए ।

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार १०:५५

Leave a Reply