No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौं -१५ को अध्यक्षमा एकीकृत समाजवादीका डङ्गोल विजयी

0

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर १५ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ईश्वरमान डङ्गोल विजयी भएका छन् । डङ्गोल तीन हजार ४७६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् ।

उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीवन डङ्गोलले एक हजार ५७२ मत प्राप्त गरे । यस्तै चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन् ।

वडासदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार विजयी भएका छन् । डङ्गोल वडाध्यक्ष निर्वाचित भएसँगै एकीकृत समाजवादीले काठमाडौँ महानगरपालिकामा एक वडाध्यक्ष जितेको छ । काठमाडौँ–१५ मा माल्चाटार, स्वयम्भू, गीतामाता, विजेश्वरी, शोभाभगवतीलगायतका क्षेत्र पर्दछन् ।

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार १२:०८

Leave a Reply