No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बैकल्पिक शक्ति र पुराना रंगभेदी स्वभाव !

0

ठाकुर पोखरेल ।

काठमाडौं महानगरका मेयर बालेन शाह !
बैकल्पिक शक्ति र पुराना रंगभेदी स्वभाव!
———————————————-
-युवा शक्ति जुट्दा बैकल्पिक बिचारले साथ पाउँछ !
-स्वतन्त्र हैसियतबाट चुनाव जित्ने शाह सबै नागरिकको साझा नेतृत्व सन्देशका साझा युवा मेयर —- !
-पार्टीको स्वार्थ भित्रबाट उमेदवार बन्दै चुनाव जितेका वडाध्यक्षहरु ! दल प्रति बाध्यता कि उत्तरदायित्व?
——————————————
डा• भट्टराई ले बैकल्पिक राजनीति वारे बिचार चलाए,दिए तर पनि खासै जनमानसमा पाएनन्, पत्याएनन् ! स्वतन्त्र भए पनि आशाका किरण बनेका Balen लाई आलोचनात्मक समर्थन गर्न सक्नुपर्छ। साथ दिनै पर्छ! सफल असफल वारे पछि चर्चा गरौला !

डा बाबुराम भट्टराईको पहल कदमीबाट नयाँ बिचार सहितको बैकल्पिक राजनीतिक शक्ति बन्नेमा काठमाडौं लगायत देशैभर ठूलो बहस भयो त्यसपछि र रविन्द्र मिश्रले पनि बैकल्पिक राजनीति वारे थोर बहुत प्रयास थाले तर जनमानसले खासै साथ नदिएकै देखियो ! विकास निर्माणमा अव्वल, विद्वान, अर्थविद्, निष्पक्ष, काम गर्ने सामर्थ्य भएको नेता ता बाबुराम हो भन्ने जनसमुदाय हरु जहाँतहीँ भेटिन्छन् तर खोइ त बाबुरामको पार्टी ? ”म ताक्छु मुढो, बन्चरो ताक्छ घुडो” सायद डा बाबुराम लाई त्यस्तै भएको होला भन्ने लाग्दछ ! रविन्द्र मिश्रलाई राजनीतिक परिवर्तन वारे कुनै चर्चा परिचर्चा, कथा बेथा र संलग्नता वारे थाहा छैन ! यो तथ्य दुनियाँलाई जानाकारी छ पनि।जे होस् डा भट्टराई र मिश्र पछि बैकल्पिक राजनीति को आशा का किरण बनेका Balen Shah लाई आलोचनात्मक समर्थन गर्न हामि तालि र “गालि” का साथ् तयार छौ !

बैकल्पिक बिचार र एजेण्डाका साथ दीर्घकालिन राजनीति या रणनीतिक योजना मुताविक काठमाडौं महानगरमा मेयर पद जित्न सफल भएका हुन् ? यात राजनीतिक दलहरुले देशको राजधानी लाई अति नै क्रुरता बनाए, दुषित र दुर्गन्धको शहर बनाए ! अति भयो ! ”हामी युवाहरु जुटौ” उनको माग हो ! आह्वान हो ! युवाहरुको क्षमता देखाएर काठमाडौं महानगरपालिका लाई विश्व कै उत्कृष्ट नमूना शहर बनाउनुपर्छ भन्ने लागेर,मनमस्तिष्क देखि नै जागेर सबैको साथ मिल्यो वहाँले धेरै बहुमत प्राप्त गरी मेयर बन्नु भयो, हाम्रो पनि बलियो साथ वहाँलाई थियो! म इमान्दार साथ भन्छु हामी बैकल्पिक राजनीतिक बिचार र आधुनिक विकास एजेण्डा बोकेर हिँड्न रुचाउने काठमाडौंका सचेत नागरिकहरुका लागि वालेन शाह जस्ता नयाँ युवाहरु अझ टेक्नोलोजी विषयका सक्रियहरु अझ धेरै आउनु पर्थ्यो !

काठमाडौं महानगर कार्यकारी हरुको पहिलो बैठक त्यो पनि ओपन र पारदर्शी तरिकाले हुदाँ हामी महानगर बासी बहुमत खुसी नहुने कुरै भएन । राम्रो सुरुवात!
————————————————–
पुरानै दलको रंगभेदी बानी बेहोराका केही वडाध्यक्ष हरुको मनदु:खेसो देखियो,केहीले सुन्ने मात्र धैर्यता राखे भने केही बहु गम्भीर सुचबुझमा देखिए ! वालेन शाह स्वतन्त्र हैसियतका काठमाडौं महानगरका लोकप्रिय युवा जनप्रतिनिधि मेयर हुन, सुनिता डङ्गोल युवती नेकपा एमालेको पार्टी को स्वार्थ भित्रकी उमेदवार पश्चात काठमाडौं महानगर को उपमेयर हुन उनीसँग काम गर्ने सामर्थ्य र क्षमता पक्कै छ होला तर पार्टीगत स्वार्थ भएकोले आशंका त्यतिकै धेरै हुन्छ पनि ! त्यसो नहोस् कामना गरौं ! दुबै नयाँ, नयाँ युगका बैकल्पिक शक्ति हुन, दुबैलाई धेरै धेरै बधाई एवं सफल कार्यकालका लागि हार्दिक हार्दिक शुभकामना !!

नयाँ युगको नेतृत्व गर्ने सामर्थ्य युवाहरु सँग हुन्छ, बैठक संचालन कार्यविधि बनाउने प्रयास पनि नयाँलाई नै दिनु पर्छ ! अबका सबै सबै बैठक (विशेष प्रकृति बाहेक) लाइभ नै होस् काठमाडौं महानगरपालिका बासी सम्पूर्ण आमा बुबा, दाजु भाइ तथा दिदि बहिनि हरुमा हार्दिक अनुरोधछ ! वालेन शाह मेयर मार्फत काठमाडौं महानगर भित्र सम्भावित धेरै सुधारका कामहरु हुनेछन् तर त्यहाँ उनलाई राम्रो काम गर्न नदिने र खराब वातावरण सृजना गर्ने गिरोह पनि त्यतिकै सक्रिय छन्, चुनौती पार गर्न गराउन उनलाई हामी सबैको साथ चाहिन्छ।

प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार ०९:०६

Leave a Reply