No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजा वीरेन्द्रको सालिक तुरुन्त पुनस्र्थापना गर्न सहायक महामन्त्री खड्काको माग

0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री विजय खड्काले नेपालगन्जको वीरेन्द्र चोकमा राष्ट्रवादी युवाहरूले राजा वीरेन्द्रको सालिक स्थापना गरेलगत्तै स्थानीय प्रशासनले धरपकड गरेर सालिक हटाएको विषयप्रति आपत्ति जनाएका छन् ।

खड्काले सरकारको यो अदुरदर्शि कदमवाट सिंगो मुलुक लज्जित भएको वताए । उनले सरकारले यो कदम नसच्याए परिणाम गम्भीर हुने भन्दै स्वर्गवासी राजपरिवारको सम्मानमा आज स्थापना गरिएको सालिकलाई गुण्डागर्दीको शैलीमा प्रहरी प्रशासनवाट आम नेपालगंजवासी जनतालाई धरपकड गरि जवरजस्ति सालिक हटाईएको विषय अत्यन्तै खेदजनक भएको वताए ।

हाम्रो गौरवमय ईतिहासलाई स्वीकार र सम्मान गर्न नसक्ने सरकारले राष्ट्र र राष्ट्रियताको कदापी संरक्षण गर्न सक्दैन भन्दै उनले राजा वीरेन्द्रको सालिक तुरुन्त पुनस्र्थापना गर्न जोडदार माग गरेका छन् ।नेपालगंजको धम्बोजी चोकमा राजा वीरेन्द्रको सालिक राख्ने क्रममा प्रहरीले धरपकड गरेको थियो । त्यसक्रममा प्रहरीे हवाइफायरसमेत गरेको थियो ।

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार १५:२१

Leave a Reply