No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अबको राजनीति कता मोड्ने भन्ने विषयमा मुख्य भूमिका प्रचण्डकै हातमाः बालेन साह

0

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर बालेनले भेट गरेका हुन् ।

भेटमा प्रचण्डले बालेनको प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ । केही दिनअघिमात्र प्रचण्डले बालेनको जित माओवादीको जस्तै एजेन्डा भएकोले सम्भव भएको बताएका थिए। आजको भेटमा पनि प्रचण्डले बालेनको जित क्रान्ति भएको बताए।

प्रचण्डले जनताको समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेसमेत बताए । यता बालेनले पनि अबको राजनीति कता मोड्ने भन्ने विषयमा मुख्य भूमिका प्रचण्डकै रहने बताए। केही दिनअघि बालेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए। त्यसअघि मतगणना भइरहेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।

प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार ०४:३७

Leave a Reply