No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

१७ अंकले घट्यो शेयर बजार

0

काठमाडौं । बुधबार ६० अङ्कले बढेको शेयर बजार बिहीबार फेरि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार १७ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६२ दशमलव ८६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ४२ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै कुमारी बैंकको ६ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सिंगटी हाइड्रो र समिट लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार ०९:४७

Leave a Reply