No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको चुनावः प्रचण्ड

0

बर्दिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन् ।

सोमबार बर्दियामा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारमा रहेका दल र प्रमुख प्रतिपक्ष एमालेसँग पनि मंसिरमा चुनाव गर्नेबारे समझदारी बनेको बताएका हुन् । कार्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता गर्ने भन्नेबारे छलफल भएको र मंसिरमा निर्वाचन गर्ने समझदारी भएको उनको भनाइ थियो ।

उनले भने, अब देश प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गएको छ । गठबन्धनभित्र कुराकानी गर्दा र प्रतिपक्षको कुरा सुन्दा मंसिर पहिलो हप्ता वा कार्तिक अन्तिम साता चुनाव गर्ने भन्ने छ,’चुनाव मंसिर पहिलो हप्ता हुने बढी सम्भावना छ ।’

उनले एकै चरणमा निर्वाचन गर्ने कि दुई चरणमा भन्नेबारे निर्णय भइनसकेको तर एकै चरणमा चुनाव हुने सम्भावना बढी रहेको बताए ।

उनले भने,’एक चरणमा गर्ने कि दुईमा भन्ने कुरा पनि छ । स्थानीय तहको निर्वाचन एकैपटक सम्पन्न भएको अवस्थामा प्रदेश र संघको एकैचोटी गर्ने कि भन्ने छलफल छ । सुरक्षाका हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा पनि आएको छ । जे भएपनि मंसिरमा नै चुनाव सम्पन्न हुन्छ ।’

प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार ०७:०९

Leave a Reply