No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड वितरण

0

काठमाडौं । नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७९ का मनोनितलाई राजधानीमा एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गरिएको छ । बरिष्ठ सङ्गीतकार शम्भुजित बासकोटा, बरिष्ठ गायिका ज्ञानु राणा, कलाकार संघका अध्यक्ष रविन्द्र खड्कालगायतले मनोनीतलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

आगामी साता सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा थुप्रै बिधाबाट मनोनीत भएका एक जना सर्वोत्कृष्टलाई ट्रफी प्रदान गरिने अवार्डका अध्यक्ष आर के सुवेदीले जानकारी गराए । नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्डमा यो बर्षको गीत सङ्गीत पत्रकारिता पुरस्कारतर्फ सञ्चारकर्मी कुमार आचार्यलाई प्रदान गरिने मनोनयन कार्यक्रम घोषणा गरिएको थियो । उनलाई २५ हजार रुपैयाँ नगदराशिसहित ट्रफीबाट सम्मानित गरिने कार्यक्रममा घोषणा गरिएको थियो ।

त्यसैगरी गीत संगीतको पक्षमा निरन्तर पत्रकारिता गरिरहेका मिलाप मासिक र हिमालयन टाइम्स दैनिकका पत्रकार कृष्ण भुसाल, अनलाइन खबरका पत्रकार बिष्णु शर्मा, युटुव टिभी र अनलाईन मिडियामा स्वास्थ्य पत्रकारिता गर्दै आएका पत्रकार गोपीकृष्ण चापागाईं र नेपाली चलचित्रको पुरानो अनलाईन मिडिया फिल्मी खबर अनलाईनका सकृय पत्रकार मनिष अन्जानलाई बक्स अफिस सङ्गीत पत्रकारिताबाट सम्मान गरिने घोषणा गरिएको छ ।

मनोनयन कार्यक्रममा अवार्डलाई स्वस्थ र निष्पक्ष बनाउन बरिष्ठ गायिका सत्यकला राई, गीतकार/लेखक/निर्देशक मीनसागर लामा, चलचित्र निर्देशक तथा गीतकार उदय सुब्बा, लेखक निर्माता मौनता श्रेष्ठ, कलाकार, निर्माता तथा निर्देशक रामभक्त श्रेष्ठ, प्रोडक्सन डिजाइनर तथा निर्माता सुरज आचार्य, छांयाकार/निर्माता/निर्देशक प्रधुम्म मिश्र, निर्देशक रमेश कोइराला, निर्देशक मधुसूदन भट्टराई, निर्देशक दिनेश पौडेल, निर्देशक मिलन आले मगर, सम्पादक तारा थापा किन्भे, मानबहादुर थापा, मेकअप कलाकार गीता पौडेल लगायतलाई कलाकारिता क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै जुरिको कार्य सम्पादनको जिम्मेवारी प्रदान गरिएको थियो ।

प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार १८:१५

Leave a Reply