No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसपीपी ओलीले अघि बढाएका हुन् तर अब अघि बढ्दैनः प्रचण्ड

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिसकासँगको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) सम्झौता कुनै हालतमा अघि नबढ्ने बताएका छन्।

दोलखाका माओवादी नेता ऋतबहादुर खड्काको स्मृतिमा बिहीबार पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एसपीपी कुनै हालतमा अघि नबढ्ने बताएका हुन् ।

उनले यो सम्झौता एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अघि बढेकोसमेत बताए । उनले भने,‘राष्ट्रवादको पाखण्डी प्रचार गरेको हामीले हिजो पनि देखेको छ। एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो रे भनेर प्रचार गर्या छ। त्यो बिल्कुल झुटो हो । त्यस्तो कुनै सम्झौता भएको छैन। त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन। म घोषणा गर्न चाहन्छु। प्रधानमन्त्रीज्युले कुनै पनि हालतमा त्यस्तो सम्झौतामा जान्न भनेर कमिटमेन्ट गरिसक्नु भएको छ।’

अध्यक्ष प्रचण्डले यस्तो कुरामा गठबन्धन कुनै हालतमा नलाग्नेसमेत बताए। उनले अहिलेको गठबन्धन राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने बताए।

प्रकाशित: २ असार २०७९, बिहीबार ०५:०८

Leave a Reply