No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘अझैपनि देशको माया छ भने खोज्नुहोस् तपाईंका सरकारका पालामा थुप्रै राष्ट्रविरोधी काम भएका छन्’

0

डा.युवराज संग्रौला

याहाँलाई याद होला पूर्वप्रधानमन्त्रीज्यू, तपाईंसँग करिवव दुई घण्टा लामो कुराकानी हुँदा, “तपाईंले विश्वास गरेका मानिसहरु लगायत थुप्रै राष्ट्रघातीहरु राष्ट्र समाप्त गर्न सक्रिय छन्“ भनेको थिएँ । थुप्रै बुद्धिजीवीहरुलाई साथमा लिनुहोस् र राष्ट्रमा बौद्धिक एकता निर्माण गर्नुहोस् पनि भनेको थिएँ । हो, तपाईंले थाहा नपाइ धेरै कुरा भैरहेका थिए। हामीले एमसीसीको बारेमा प्रश्न उठाउँदा, कथित बुद्धिजीवीले बुझेका छैनन् भन्नुभयो । म तपाईंसँग कुरा गरेर निक्लदा, ‘युवराज जीके जतिबेला फोन गरेपनि फोन दिनु भन्नुभयो, तपाईंको पिएलाई।’

एउटा छोटो प्रतिवेदन तयार गर्न भन्नुभएको थियो, विदेशी प्रपञ्चका बारेमा । मैले तयार गरें र तपाईंलाई दिन खोजें । तर अफसोस, त्यसपछि तपाईंसँग भेट गर्न सक्ने सबै सम्भावना र मौका बन्द गरिए। एमसीसीका बारेमा स्वतन्त्र बौद्धिकका कुरा तपाईं कहाँ नपुगुन् भन्ने खेल तपाईंका वरिपरिकाले गरे। आज देश यस्तो गम्भीर समस्यामा छ । अझै पनि देशको माया छ भने खोज्नुहोस् तंपाईंका सरकारमा पनि थुप्रै राष्ट्रविरोधी काम तपाईका सहयोगी बनेका केहीले गरेका छन् ।

शायद, नागरिक भएका कारणले पनि अब हामीले देशको रक्षाका लागि बोल्नुपर्छ। ‘रोमान्स अफ थ्री किङ्गडम’ भनिने १५ शताब्दीमा लेखिएको चिनियाँ उपन्यास पढ्नुहोस् र तपाईंका साथीहरूलाई पनि पढ्न लगाउनुहोस् । एउटा सानो राष्ट्रले कसरी विद्वान विज्ञहरुले देश जोगाउँछन् भन्ने जान्न सकिन्छ।

लेखकको फेसबुकबाट

प्रकाशित: ४ असार २०७९, शनिबार ०९:४७

Leave a Reply