No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजनीतिक नेतृत्वलाई थाहा नदिई सेनाले पत्र लेख्नु हुँदैनथ्योः उपमहासचिव ज्ञवाली

0

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले परराष्ट्र नीति सञ्चालनमा विचलन देखिएको आरोप लगाएका छन् । मदन भण्डारी फाउण्डेसनले शनिबार आयोजना गरेको अन्तरक्रियामा उपमहासचिव ज्ञवालीले सन्तुलित सम्बन्ध राख्न नसकेमा नेपाल भुराजनीतिक स्वार्थको भूमरीमा फस्ने चेतावनी दिए ।

ज्ञवालीले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम(एसपीपी)मा सहभागी हुन नेपाली सेनाले गरेको पत्राचार राजनीतिक नेतृत्वलाई थाहा नभएको बताए । ज्ञवालीले २०७२ सालमा नयाँ संविधान बनेर सरकार परिवर्तन हुने वित्तिक्कै संक्रमणको अवस्थामा सेनाले राजनीतिक नेतृत्वलाई थाहा नदिई पत्राचार गरेको बताए ।

उनले भने, ‘सेनाले तालुकदार मन्त्रालय वा पोलिटिकल लिडरसीपलाई इंगेज गरेको लिखित प्रमाण भेटिँदैन । सेनाले के ठान्यो होला भने रक्षाले गो अ हेड भनेकै छ । सेनाले एसपीपीमा सहभागी हुने विषयमा रक्षा मन्त्रालयसँग राय मागेको र रक्षा मन्त्रालयले पनि नबुझीकन अनुमति दिएको देखिएको छ ।’

उनले दुबै छिमेकी समान महत्वको भएको भन्दै छिमेकीलाई वेवास्ता गरेर जान नहुने बताए । उनले भने,‘हाम्रो परराष्ट्र नीति संविधानले व्यवस्था गरे बमोजिम सन्तुलित हुनुपर्छ । कुनै शक्ति राष्ट्रको रणनीति र सैन्य रणनीतिमा जान सक्दैनौं। हामीलाई कुनै पनि शक्तिले आफ्नो रणनीतिमा तान्ने प्रयास गर्नुहुँदैन।’

परराष्ट्र नीति सञ्चालनका सम्बन्धमा परराष्ट्र र कानुन मन्त्रालय बेखर देखिएको भन्दै उनले आपत्ति जनाए। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपालको परराष्ट्र नीति भूराजनीतिक संवेदनशीलतालाई ख्याल गरेर अगाडि बढाउनुपर्ने बताए । पुनले नेपालको सामान्य भूराजनीतिक अवस्थामा नरहेको बताए।

उनले भने,‘हाम्रो भूराजनीति निकै संवेदनशील अवस्थामा छ। संवेदशीनलतामै हामी चल्नुपर्छ ।’ संविधानअनुसार नै परराष्ट्र नीति सञ्चालन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी स्पष्ट रहेको उनले बताए।

 

 

 

प्रकाशित: ४ असार २०७९, शनिबार ११:५६

Leave a Reply