No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘प्रधानमन्त्री र प्रधानसेनापतिले एसपीपीको विपक्षमा रहेको बताएपनि ढुक्क हुने अवस्था छैन’

0

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) खारेज गरिने बताएका छन् । पार्टी निकट युवासङ्घ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपीपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सरकारले यसलाई खारेज गर्नुपर्ने बताएका हुन् ।

एसपीपीको विषयमा आफू, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवका बीचमा आजै छलफल भएको भन्दै उनले यसलाई अस्वीकार गरिने प्रष्ट पारे । यो अन्योलको अवस्थालाई चिर्न आफूहरूले छलफल जारी राखेको भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग फेरि कुराकानी गर्ने समझदारी भएको बताए ।

अध्यक्ष नेपालले सन् २०१५ मा नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सोही सन्दर्भमा छलफल जारी रहेको जानकारी उनले दिए ।

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीको विपक्षमा रहेको बताएपछि आफूहरू ढुक्क भएको भएपनि पछिल्लोपटक सार्वजनिक पत्रले अन्योल थपेको भन्दै उनले भने, “अर्को कागज आइपुग्यो, नेपाली सेनाका प्रमुखले नै हस्ताक्षर गरेको, कुन सरकारको पालामा र को प्रधानमन्त्री हुँदा भन्ने कुरा पनि उठ्यो । उठ्दै जाँदा फेरि संसद् जसले आवाज उठाएका थिए, जोडदाररूपमा हङ्गामा गरेका थिए । त्यही पार्टी जोडिएको देखिएको छ ।”

कार्यक्रममा अध्यक्ष नेपालले युवा सङ्घको उपत्यका युवा विशेष जिल्ला कमिटीको नवगठित कार्यसमितिलाई शपथ गराए । सुशील भट्टराईको नेतृत्वमा ३१ सदस्यीय युवा सङ्घको कमिटी गठन गरिएको थियो ।

प्रकाशित: ४ असार २०७९, शनिबार १५:४२

Leave a Reply