काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित भएका छन् । आइतबारको बैठकमा प्रधानमन्त्री देउवालाई उपस्थित हुन यसअघिको समितिको बैठकले निर्देशन दिएको थियो ।
स्टेट पार्टनरसिप प्रोग्रामसहित अमेरिका भ्रमणका विषयमा समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिन देउवालाई बैठकमा बोलाइएको थियो । समिति सभापति पवित्रा निरौला खरेलका अनुसार आज बिहान ८ बजेमात्र प्रधानमन्त्री नआउने जानकारी आएको हो । उनले प्रधानमन्त्रीले बैठकमा नआएर समितिको अपमान भएको बताइन् ।