No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीले संसदीय समितिमा आउँछु भनेर अकारण आउँदिन भन्नु खेदजनकः भीम रावल

0

काठमाडौँ । नेकपा एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्प्रति अनुत्तरदायी भएको आरोप लगाएका छन् । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद रावलले प्रधानमन्त्री देउवा समितिको बैठकमा उपस्थित नभएर संसदीय समितिप्रति अनुत्तरदायी भएको देखिएको बताएका हुन् ।

उनले संसदीय समितिको बैठकमा बिनाकारण नआउनु खेदजनक भएको बताए । उनले यसमाथि समितिले खेद प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीले संसदीय समितिमा आउँछु भनेर अकारण सचिवालयमार्फत आउँदिन भन्नु खेदजनक हो । समितिले खेद प्रस्ताव पारित गर्नुपर्छ ।’

उनले अब संसदीय समितिले सरकारलाई एसपीपीमा नरहने कुरा उल्लेख गरेर पत्र लेख्न निर्देशन दिनुपर्ने बताए । बैठकमा सांसद भीम रावलले बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभइ अनुपस्थित नहुनु संसदीय गरिमाको अवमूल्यन हुने बताए। संविधान र संसद्को रक्षा गर्न भन्दै प्रधानमन्त्री बनेका देउवा संसदप्रति उत्तरदायी हुनु पहिलो कर्तव्य हुने रावलले बताए ।

शुक्रवार प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएर समितिले यसबारे सेनाको धारणा बुझेको थियो । त्यस्तै बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि एसपीपीबारे सरकारको धारणा राखेका थिए।

 

प्रकाशित: ५ असार २०७९, आईतवार ०५:५९

Leave a Reply