No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेप्सेमा ३७ अंकको गिरावट

0

काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ३७ दशमलव २७ अङ्कले घटेर एक हजार नौ सय ३४ दशमलव ११ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २३ वटा कम्पनीको ३६ लाख ६६ हजार कित्ता शेयर एक अर्ब १३ करोड ४० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज रिभल फल्स पावर कम्पनीको शेयर साढे नौ अङ्कले र बलेफी हाइड्रोको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि आँधीखोला लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

 

प्रकाशित: ५ असार २०७९, आईतवार ११:१५

Leave a Reply