No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम(पूर्णपाठसहित)

0

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। महानगर प्रमुख बालेन साहले “सांस्कृतिक सहर, समृद्ध महानगर” निर्माणको मुख्य उद्देश्यसहित आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा जनतासँग ‘मेयर’देखि, अग्र्यानिक कृषि, सवारी साधनको व्यवस्थापन एवम् सांस्कृति, जात्रा, पर्वलाई अन्तर्राष्ट्रिय समुदायमा पहिचान वृद्धि गर्ने लगायतका विभिन्न योजना रहेका छन् ।

नीति तथा कार्यक्रममा महानगरभित्र आफ्नै मार्ट ‘केएमसी मार्ट’लाई सञ्चालनमा ल्याउने उल्लेख छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘नमुनाको रुपमा केही स्थानहरुमा केएमसी मार्ट सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइने छ।’ त्यसैगरी काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोर वर्गीकरण गर्ने नीति लिएको छ । फोहोर वर्गीकरण गर्नेलाई विशेष सहुलियत दिने नीति महानगरले लिएको छ ।

उनले उपयुक्त स्थानमा वेस्ट टू इनर्जी प्लान्टको पनि स्थापना गरिने बताए । महानगरपालिकाले प्रतिस्पर्धात्मक विधिमार्फत फोहोर संकलन तथा ढुवानीको कार्य गरिने नीति महानगरले जनाएको छ । त्यस्तै काठमाडौं महानगरपालिकाले महानगरका करदाताहरुको बीमा गर्ने योजना अघि सारेको छ।

मेयर साहले महानगरभित्र कर तिरेका करदाता हरुको बीमा गर्ने योजनामा ५० प्रतिशत अनुदान दिइने योजना अघि सारेका हुन् । उनले भने,’महानगरपालिमा कर तिरेका करदाताहरुको स्वास्थ्य बीमा गर्न आवश्यक प्रबन्ध मिलाइनेछ। बीमा शुल्कको बढीमा ५० प्रतिशत उपलब्ध गराइनेछ ।’

मेयर साहले स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गरिने पनि उल्लेख गरेका छन्। त्यस्तै, एक वर्षभित्र महानगर क्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी, पाइपलाइन, सडकबत्ती, टेलिफोनलगायतका सबै भौतिक पूर्वाधारको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण संकलन गरिने उनले बताए ।

महानगरभित्र रहेका बिग्रेका ढल तथा सडकहरुको थप क्षति हुन नदिन तत्काल मर्मत सम्भार को लागि पूर्वाधार एम्बुलेन्सलाई विस्तार तथा निरन्तरता दिइने उनको योजना छ । उनले भने,‘फुटपाथको स्तरोन्नति गरिनेछ।

बस स्टपहरुमा परम्परागत शैलीको फल्चा बनाउन इच्छुक संस्थालाई सहयोग उपलब्ध गराइने र महानगरले पनि यसलाई प्राथमिकतामा राखेर निर्माण गर्नेछ ।’ खेलकुदको माध्यमबाट युवाको विकास गर्न महानगरपालिका क्षेत्रमा खुला व्यायामशाला, एरोबिक्स, योग सेन्टर लगायत सञ्चालन गर्न आवश्यक खेलमैदान र पूर्वाधार विकास र विस्तार गर्न निरन्तरता दिइने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: ५ असार २०७९, आईतवार १२:४८

Leave a Reply