No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वेव सिरिज सन्ध्या निर्माण घोषणा

0

काठमाडौं । भद्रकाली मन्दिरमा शुभमूहुर्त गर्दै वेव सिरिज सन्ध्या निर्माण घोषणा गरिएको छ । यो सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायाँकन थालिने छ । आइतबार गरिएको मूहुर्तमा निर्देशक शोभित बस्नेत कलाकार नीर शाह, हिउँवाला गौतमको उपस्थिति रहेको थियो ।

रामजी राउतको निर्देशन रहने सिनेमामा नीर, शोभित र दयाराम दाहल हिउँवालाका अलवा गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भिमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे र बाल कलाकार एलेक्स खड्को अभिनय रहनेछ । वेब सिरिज सन्ध्यालाई सुदीप कँडेल र कृष्ण कार्कीले मिलेर निर्माण गर्दैछन् ।

जया ओझाको लेखन र राहुल राईले छायाँकन गर्ने सिरिजमा लोकश थापाको मेकअप, प्रकाश थापा प्रोडक्सन डिजाइनर, जयराम चलिसे मुख्य सहायक निर्देशक र नविन निरौलाको सम्पादन रहनेछ ।

प्रकाशित: ५ असार २०७९, आईतवार १७:४९

Leave a Reply