No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रमोद शर्माको ‘चस्स’

0

काठमाडौं । डा. भामा देवकोटा शर्माको शब्द विपिन आचार्यको संगीत र डा.प्रमोद शर्माको स्वर रहेको ‘चस्स’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा डा.शर्मा आफैंले अभिनय गरेका छन् ।

साथमा आयुस्मा कार्की र अन्य कमेडियन कलाकारहरुले भिडियोमा मसला भर्ने काम गरेका छन् । राजेन्द्र गिरी(गुन्द्रुक )आर्जुन दर्लामी र पछिल्लो समय टिकटक भाइरल च्वास्स चटपटेको अभिनयले भिडियो कमेडी बनेको महसुस गर्न सकिन्छ ।

दीपक कुमार शर्मा र अम्बिका शर्माले मिलेर निर्माण गरेको म्युजिक भिडियोमा दिनेश पराजुलीको छायाँकन खेमनाथ खनालको सहनिर्देशन उत्तर मगरको सम्पादन रहेको छ । भिडियोलाई वसन्त सापकोटाले निर्देशन गरेका हुन् ।

प्रकाशित: ६ असार २०७९, सोमबार ०४:३९

Leave a Reply