No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बढ्यो हवाइ भाडा

0

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाइ भाडा पनि बढेको छ । बुधबारदेखि लागू हुने गरि आन्तरिकतर्फको हवाइ भाडा बढेको हो । वायुसेवा संचालक संघका अनुसार एउटै रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ ।

संघका अनुसार काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने छ । अब काठमाडौं–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ ।

काठमाडौं माउन्टेन फ्लाइटको भाडा ६५५ रुपैयाँले बढेर १४ हजार ७२० रुपैयाँ पुगेको छ । त्यसैगरी काठमाडौं–भद्रपुर ५७० रुपैयाँले बढेको छ भने काठमाडौं–विराटनगर ४५५ रुपैयाँ बढेको छ। काठमाडौबाट हुने अन्य गन्तव्यहरु जनकपुरमा २४५, भरतपुर २००, पोखरा ३००, भैरहवा ३९५, नेपालगन्ज ६२०, धनगढी ८४०, तुम्लिङटार ३५० र सिमराको १७० रुपैयाँले बढेको छ।

प्रकाशित: ६ असार २०७९, सोमबार ११:३१

Leave a Reply