No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र लेख्ने सरकारको निर्णय

0

काठमाडौं । सरकारले अमेरिकालाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेर पत्र लेख्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गरेर पत्र लेख्ने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजका अनुसार बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको हो ।

यो सम्झौतालाई लिएर राजनीतिक दलहरूबीच विवाद थियो । उक्त सम्झौताको मस्यौदा भनिएका १० बुँदा सार्वजनिक भएपछि नेपालमा विवाद सुरु भएको थियो । सत्ता पक्ष र प्रतिपक्षी दलका नेताले सरकारलाई अमेरिकालाई एसपीपी अस्वीकार गर्ने पत्र लेख्न आग्रह गर्दै आएका थिए ।

प्रकाशित: ६ असार २०७९, सोमबार १३:५४

Leave a Reply