No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कर्मालाई हराउँदै एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

0

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको चुनावमा कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन् ।

नेम्वाङले ४५, शेर्पाले ३९ र स्वतन्त्र उम्मेदवार राजिव पौडेलले एक मत पाएका छन् । नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष थिए । चुनावमा ८४ मत खसेको थियो ।

प्रकाशित: ६ असार २०७९, सोमबार १५:३०

Leave a Reply