काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चुनावी खर्च सार्वजनिक गरेका छन् । सोमबार मेयर साहले स्थानीय तह निर्वाचनका लागि भएको खर्च विवरण सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको चुनावी खर्च विवरणमा कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
प्रकाशित: ६ असार २०७९, सोमबार १६:११