No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वर्षाले चीनको जियाङ्सीमा पाँच लाख मानिस प्रभावित

0

पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । सो क्षेत्रमा करिब ४ लाख ८५ हजार बासिन्दा अविरल वर्षाबाट प्रभावित भएका छन् ।

शनिबार दिउँसो ३ बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको थियो । मुख्यालयका अनुसार बाढीबाट प्रत्यक्ष आर्थिक क्षति ४७० मिलियन युआन (करिब ७०.४ मिलियन अमेरिकी डलर) पुगेको छ ।

स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षा हुने जनाएको छ । वर्षाको प्रभाव बुधबार उत्तर याङ्जीा नदी तर्फ सर्नेछ।

प्रकाशित: ७ असार २०७९, मंगलवार ०६:४५

Leave a Reply