No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकारलाई संघीय शिक्षा ऐन छिटो ल्याउन संसदीय समितिको निर्देशन

0

काठमाडौं । संसदीय समितिले छिटो भन्दा छिटो संघीय शिक्षा ऐन ल्याउन सरकारलाई निर्देशन दिएको छ। मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले छिटोभन्दा छिटो संघीय शिक्षा ऐन ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति जयपुरी घर्तीले ऐन नआउँदा शिक्षा क्षेत्रमा समस्या पैदा भएको भन्दै अड्किएको संघीय शिक्षा ऐन चाँडो ल्याउन सरकारलाई निर्देशन दिइन् ।

उनले भनिन्,‘अहिले शिक्षामा शिक्षक दरबन्दी मिलान, शिक्षामा संघ र प्रदेशको अधिकार, सरकारी विद्यालयको सवलीकरण लगायतका विषयहरु समस्याका रुपमा रहेका छन्। त्यसको लागि छिटो ऐन ल्याउन सरकारलाई निर्देशन दिन्छु। ’

प्रकाशित: ७ असार २०७९, मंगलवार ०७:५२

Leave a Reply