No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानसेनापति शर्मा र लेवनानका प्रधानमन्त्री मिकातीबीच भेटवार्ता

0

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार लेवनानका प्रधानमन्त्री नजिब अज्मी मिकातीसँग भेटघाट गरेका छन् । लेवनानको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति शर्माले प्रधानमन्त्री मिकातीसँगै रक्षामन्त्री मौरिस सलीम, सभामुख नबिह बेरी र लेवनानी सशस्त्र बलका प्रमुख जोसफ खलिल आउनसँग शिष्टाचार भेटघाट गरेका सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

भेटका क्रममा लेवनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरुको भूमिका, नेपाल र लेवनानबिचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरुमा छलफल भएको बताइएको छ।

प्रकाशित: ७ असार २०७९, मंगलवार १३:२७

Leave a Reply