No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आफ्नै जनतालाई आश्वस्त पार्न नसक्ने ‘नालायक’हरूले सदन र सडकमा उफ्रिएको कुरा बुझ्दैन चीनले ?

0

केशवप्रसाद भट्टराई ।
१. असंलग्न आन्दोलनलाई सोभियत सङ्घको आशिर्वाद थियो । आफ्नो मुलुकमा सोभियत मिसाइल तैनाथ गराउन अनुरोध गर्ने क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रो यसका एक संस्थापक । सोभियत प्रभावमा रहेका र अमेरिका विरोधी इजिप्टका राष्ट्रपति गमाल अब्देल नासिर अर्का संस्थापक । सोभियत दवाव र. प्रभावमा कम्युनिस्ट राष्ट्र बनेको युगोस्लाभिकायाका राष्ट्रपति मार्शल जोसेफ ब्रज टिटो अर्का संस्थापक । कम्युनिस्ट प्रभावकै इन्डोनेसियाका सुकार्नो र घानाका क्वामे एङ्क्रोमो अन्य दुई संस्थापक । अर्का संस्थापक भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू ।

२. १९६२मा चीनले भारतमाथि आक्रमण नगरुञ्जेल नेहरू सोभियत सङ्घ र चीनका समर्थक र प्रशंसक थिए । चीनले आक्रमण गरेपछि र समस्त उत्तर पूर्वी भारत चीनको नियन्त्रणमा गएर पश्चिम बंगल र कलकता समेत असुरक्षित रहेको सोभियत सङ्घले चीनको पक्ष लिएपछि नेहरूले अमेरिकासँग अमेरिकी सेना सहितको सैन्य सामग्री र लडाकु विमान सहयोगमा मागे । भारतको असंलग्नता त्यहीं मर्यो । १९७१मा इन्दिरा गान्धीले सोभियत सङ्घसँग २० वर्षे सुरक्षा सन्धि गरे पछि फेरि मर्यो । अब त कुरै भएन ।

३. असंलग्नता कुनै नीति होइन, आदर्श होइन, बढीमा रणनीति मात्रै हो । एसिया र अफ्रिकाका उपनिवेशवादी आधिपत्यबाट मुक्त नव स्वाधीन मुलुकहरूलाई अमेरिका निकट जान नदिने सोभियत रणनीति अन्तर्गत अभियान थियो त्यो । उपनिवेशवाद विरुद्धको राजनीतिक चेतनाले पनि त्यसमा काम गरेको थियो ।

४. भारत र सोभियत संघको प्रभावमा नेपाल पनि असंलग्न अभियानसँग जोडियो । अहिले चिनिया कम्युनिस्ट कम्युनिस्ट पार्टीबाट सी जिन्पिङ्ग विचारधाराको प्रशिक्षण लिनेहरू असंलग्नताको कट्टर समर्थक । त्यो असंलग्नता भनेको चीन भन्दा पनि चीनका राष्ट्रिय हितहरूका महान प्रवक्ता । चीनले पनि नबुझेको चीनको राष्ट्रिय हित बुझेका छन् उनीहरूले । आफैं अमेरिकी सहयोगको लागि निवेदन हाल्छन्, अनि अमेरिकाले सहयोग दियो भने त्यसैका विरूद्ध अनौठो अमेरिका विरोधी भाष्य तयार पार्दछन् । नेपालको संलग्नता भनेको चीनको समर्थन, अमेरिकाको विरोध ! चीनको लागि अमेरिकाको विरोध ! नेपालको हित हेरेर होइन,बातै पिच्छे चीनलाई यो मन पर्छ र मन पर्दैन भनेर एकोहोरो अमेरिका विरोध ।

५. चीन आफैं महाशक्ति हो । एसियाका १४ वटा मुलुकसँग उसको सीमा जोडिएको छ । उसको सीमा जोडिएको (तिब्बत भन्दा पनि सम्वेदनशील सिञ्जियाङ्गसँग सीमा जोडिएको) अफगानिस्तानमा दुई दशक हजारौँ अमेरिकी सेना बस्यो । चीनको विरोध थिएन अझ चांडै किन हट्यो भनेर अमेरिकी सेना फिर्ता हुँदा असन्तोष जनायो चीनले ।

६. नेपाली सेनालाई अमेरिकाले तालिम दिंदा र संयुक्त सैन्य अभ्यास गर्दा चीन रिसाउँछ नेपालसँग ? ऊ सक्छ आफ्नो हितको रक्षा गर्न । आफ्नो मुलुकको हित हेर्न नसक्ने, तीन दशक भन्दा लामो समय हुँदा पनि संक्रमणको जप गरेर बस्ने, अब मुलुक राजनीतिक स्थिरता तर्फ लाग्यो, अब आर्थिक विकासको गति लिन्छ भनेर नेपाली जनता र नेपालका मित्रहरूलाई आश्वस्त पर्न नसक्ने नालायकहरूले कतै सदनमा र कतै मिडिया र सडकमा उफ्रिएको कुरा बुझ्दैन चीनले ? यिनको भर गरेर बसेको होला चीन ? एउटा सिङ्गै महादेश जत्रो चीनलाई १२–१४ सय किलोमिटरको सीमानाबाट कति खतरा उत्पन्न हुने ?

प्रकाशित: ८ असार २०७९, बुधबार ०२:३६

Leave a Reply