No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

म बाट कुनै अनुचित कार्य भएको छैन, छानबिन होस्ः न्यायाधीश कोइराला

0

काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले अनुचित कार्य नगरेको भन्दै आफ्ना बारेमा आएको समाचारको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् ।

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि बुधबार सामाजिक संजालमार्फत कोइरालाले यसविषयमा न्याय परिषदले निष्पक्ष छानबिन गर्नुपर्ने बताएका हुन् ।

न्युज २४ टिभीले साँझ सार्वजनिक गरेको अडियोमा न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनको कुराकानी भएको छ ।

न्यायाधीश कोइरालाले भनेका छन्,‘म बारे आज आएको समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ ।म बाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । म माथि न्याय परिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।’

न्यायाधीश र वकिलबीचको संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज न्याय परिषको बैठक बोलाएका छन् । सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई लोभ देखाएका छन् । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् ।

प्रकाशित: ८ असार २०७९, बुधबार ०८:३७

Leave a Reply