No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्यायाधीश-वकिल घूस लेनदेन प्रकरणः न्यायपरिषदद्वारा तीन सदस्यीय छानबिन समिति गठन

0

काठमाडौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घूस लेनदेनसम्बन्धी फोनवार्ता प्रकरणबारे छानबिन गर्न न्यायपरिषद्ले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

बुधबार बसेको न्यायपरिषदको बैठकले न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको कानुनमन्त्री गोविन्दप्रसाद शर्माले जानकारी दिएका छन् । समितिलाई ४५ दिनको समय दिइएको छ । समितिमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन्।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घूस लेनदेनको अडियो वार्ता सार्वजनिक भएको छ । न्यायाधीश कोइरालाले भने आफूले अनुचित कार्य नगरेको दाबी गरेका छन् । घटनाबारे न्यायपरिषद्बाट छानिबनको माग गर्दै उनले त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित: ८ असार २०७९, बुधबार ११:०३

Leave a Reply