काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् । नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङको अध्यक्षतामा बुधबार बसेको कार्यसमितिको पहिलो बैठकले महासचिवमा राई र कोषाध्यक्षमा जोशीलाई मनोनित गरेको हो ।
राई अघिल्लो कार्यकालमा एन्फाको प्रवक्ता थिए भने रवीन्द्र कोषाध्यक्षमा दोहोरिएका हुन् । सोमबार भएको एन्फाको चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका थिए ।