No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अध्यक्षसँग मन्त्रीले भेट्दैमा केही हुँदैन, मन्त्री परिवर्तनको निर्णय कार्यान्वयन हुन्छः प्रवक्ता खतिवडा

0

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मन्त्री परिवर्तन गर्ने निर्णय केही घण्टामै लागू हुने दाबी गरेको छ । सचिवालयको बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री परिवर्तनको निर्णय कार्यान्वयन केही घण्टामै हुने दाबी गरेका हुन् । उनले भने, ‘एकदमै चाडै, केही दिनहरु होइन केही घण्टाको अन्तरमा मन्त्री हेरफेरमा लागेका छौँ।’

पार्टी निर्णय नै अन्तिम निर्णय हुने भएकाले एकीकृत समाजवादीमा मन्त्री हेरफेर हुन लागेको उनको भनाइ छ। एकीकृत समाजवादीका मन्त्रीहरूले बिहीवार बिहान अध्यक्ष माधव कुमार नेपाललाई भेटेका थिए। अध्यक्षसँग मन्त्रीले भेट्दैमा निर्णय कार्यान्वयनबाट पार्टी पछि नहट्ने खतिवडाको भनाइ छ ।

व्यक्तिगत कुरा गर्न र शर्त राख्न पाइने भन्दै उनले निर्णय कार्यान्वयन पार्टीको हुने बताए । मन्त्रीहरु कसैले विद्रोह गर्ने कुराको गुञ्जायस नपाएको बताउँदै त्यस्तो बाटोमा लाग्ने व्यक्तिबारे आफूहरूले संकेत नपाएको उल्लेख गरे ।

प्रकाशित: ९ असार २०७९, बिहीबार ०९:०१

Leave a Reply