No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार रकममा भने बृद्धि

0

काठमाडौं । शेयर बजार बिहीबार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार ४५ दशमलव २५ अङ्कले घटेर एक हजार आठ सय ४८ दशमलव २८ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बेच्नेहरूको लहरका कारण कारोबार रकम भने बढेको छ । दुई सय ३७ वटा कम्पनीको ५० लाख आठ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको नौ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको शेयर साढे नौ प्रतिशतले तथा जोशी हाइड्रो र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भए पनि आँधीखोला र सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित: ९ असार २०७९, बिहीबार १०:२०

Leave a Reply