No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मूल्यबृद्धिबिरुद्ध एमाले सडक आन्दोलनमा जाने

0

काठमाडौं । नेकपा एमाले मूल्यबृद्धिबिरुद्ध सडक आन्दोलनमा जाने भएको छ । नेकपा एमालेले जनसंगठन समन्व्य संयन्त्रमार्फत सडक आन्दोलना जाने निर्णय गरेको हो ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको संयन्त्रको बैठकले आकासिएको मूल्यबृद्धि, रासायनिक मलको अभाव र विद्यार्थीले पाठ्यपुस्तक नपाएको बिषय अत्यन्तै संवेदनशील रहेकोले आन्दोलनमा जाने निर्णय लिएको हो । जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले भने,‘सरकार अत्यन्तै गैरजिम्मेवार बन्यो, मूल्यबृद्धिले सीमा नाघ्यो, जनताको समस्याप्रति बिल्कुलै वास्ता गरेन, यो सरकारले जनतामाथि महंगीको मार पारिरहने प्रष्टै भएपछि आन्दोलनको बिकल्प रहेन ।’

उनले मूल्यबृद्धिबिरुद्ध सडक आन्दोलनमा गइसकेको अनेरास्वबियुलगायतका जनसंगठनले आन्दोलन जारी राख्ने र अन्य जनसंगठन पनि आन्दोलनमा समाहित भएर प्रभावकारी बनाउँदै सरकारलाई झुक्न बाध्य बनाउने जानकारी दिए ।

बैठकले आन्दोलनमा जाँदा सडक र सदन दुवैलाई जोड्ने निर्णय पनि गरेको छ । संयन्त्रका सहसंयोजक रचना खड्काका अनुसार बैठकले २२ वटै जनसंगठनको तर्फबाट सरकारबाट भइरहेको जनतामारा नीतिको विरोधमा संयुक्त विज्ञप्ति निकाल्ने र लगत्तै सडक आन्दोलन तताउने निर्णय गरिएको छ ।

प्रकाशित: ९ असार २०७९, बिहीबार १२:००

Leave a Reply