No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुकीलाई लगियो एकान्त कारावास

0

भ्रष्टाचारको आरोपमा नजरबन्दमा राखिएकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई एकान्त कारावासमा सारिएको छ । आपराधिक कानून बमोजिम उनलाई बुधबारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताएका हुन् ।

सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुवरीयता सुकीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो र पछि नेपिटोको कारागारमा बन्दी बनाएको थियो ।

लोकतन्त्रका निम्ति गरेको अनवरत सङ्घर्षका निम्ति नोबेल शान्ति पुरस्कार पाएकी ७६ वर्षीया सुकीमाथि सैनिक सरकारले मदतानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोनासम्बन्धी नियम तोडेकोलगायत आरोप लगाएको थियो ।

प्रकाशित: ९ असार २०७९, बिहीबार १७:३४

Leave a Reply