No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सिरियामा तैनाथ सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान

0

काठमाडौं । लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले बिहीबार त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले उक्त इलाकाको वस्तुस्थितिलगायतका विविध पक्षबारे जानकारी लिएका थिए ।

प्रधानसेनापति शर्माले शान्ति मिसनमा उल्लेखनीय कार्य गर्ने शान्ति मिसन क्षेत्रमा तैनाथ चार नेपाली शान्ति सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भौगोलिक, सामरिक तथा सुरक्षात्मक दृष्टिकोणले समेत अति महत्वपूर्ण स्थानका रूपमा रहेको सिरियाको माउण्ट हर्मन इलाकामा तैनाथ रहेर शान्ति स्थापनार्थ योगदान दिई नेपाल, नेपाली सेना र संयुक्त राष्ट्रसङ्घको विश्वसनीयता बढाएकामा शान्ति सैनिकलाई धन्यवाद दिए । निरीक्षण भ्रमणपश्चात् प्रधानसेनापति शर्मासहितको टोलीले सिरियाका सैनिक अधिकृत तथा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।

प्रकाशित: ९ असार २०७९, बिहीबार १७:४१

Leave a Reply