No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यसरी दिन सकिन्छ इन्धनमा जनतालाई सहुलियत

0

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा घटाएर जनतालाई रातहत दिन सुझाव दिएका छन् । शुक्रबार सामाजिक संजालमार्फत कोइरालाले प्रतिलिटर २६.६२ रुपैयाँ नलिने निर्णय गर्न सरकारलाई सुझाव दिएका हुन् ।

उनले भनेका छन्,‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १०, सडक मर्मत कर ४ र भन्सार र प्रज्ञापन शुल्क २५.२३ को आधा १२.६२ गरी जम्मा २६.६२ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस् ।’

प्रकाशित: १० असार २०७९, शुक्रबार ०४:४७

Leave a Reply