No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

राजश्व चुहावट गरी भ्रस्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, ओम सप्लायर्स कलैया ६ बाराका प्रोपाइटर ओम शंकर प्रसाद र उनको कम्पनी तथा न्यू पाथीभरा सप्लायर्स हेटौँडा ४ मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र श्रेष्ठको कम्पनी विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

सेढाईविरुद्ध एक करोड बीस लाख अठ्ठाइस हजार नब्बे रुपैयाँ बिगो माग दाबी गरेको अख्तियारले विज्ञप्तिमार्फत जानकारी गराएको छ । न्यू पाथीभरा सप्लायर्स हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र श्रेष्ठको कम्पनी विरुद्ध एक करोड ६६ लाख बहत्तर हजार ६ सय रुपैयाँ माग दाबी गरिएको छ ।

प्रकाशित: १० असार २०७९, शुक्रबार ०९:१३

Leave a Reply